दफा ६७
धितोपत्र व्यवसायीको न्यूनतम पूँजी र आर्थिक स्रोत
(१) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्दा तोकिए बमोजिम न्यूनतम पूँजी र आर्थिक स्रोत राख्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम धितोपत्र व्यवसायीले राख्नु पर्ने न्यूनतम पूँजी र आर्थिक स्रोत राख्न नसकेमा सो कुराको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिमको जानकारी बोर्डले प्राप्त गरेमा त्यस्तो धितोपत्र व्यवसायीलाई तोकिए बमोजिमको न्यूनतम पूँजी र आर्थिक स्रोत राख्न तुरुन्त आदेश दिन वा तत्सम्बन्धमा आवश्यक अन्य निर्देशन दिन सक्नेछ ।